भेप सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

भेपमार्फत भएको सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । तस्करीको आरोप लागेका चिनिया नागरिक दावा जिनका सवारी चालक लोकेन्द्र कुमार पौडेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो । संयुक्त अरब इमिरेट्स यूएईबाट गत पुसमा इलेक्ट्रिक सिगरेट भेपमा ९ किलो सुन तस्करी भएको थियो ।  चिनियाँ नागरिक जिन वाङले ल्याएको पैठारीको सुन भन्सारले रोकेको थियो । पछि भन्सारकै कर्मचारीले गायब पारेका थिए । सोही प्रकरणमा गत भदौ १३ गते माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरेर सीआईबीले अनुसन्धान गरिरहेको छ । सोही प्रकरणमा सोमबार माओवादी उपाध्यक्ष महरासँग पनि सीआईबीले बयान कागज गराएको छ । फ्लाई दुबईको जहाजमार्फत गत पुस १० गते ९ किलो सुन काठमाडौँ भित्र्याइएको प्रहरीको दाबी छ । सो काण्डमा भन्सारका कर्मचारीसहित ५ जना पुर्पक्षका लागि कारागारमा चलान भएका छन । सुन ल्याउने दावा जिन भने नेपालमा अनुसन्धान सुरु भएपछि चीन भागेका छन ।

प्रतिक्रिया

सरकारको सय दिन  : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

सरकारको सय दिन : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

विपक्षी दलसहित राष्ट्रपति निवासमा प्रचण्ड, ओली सरकार असफल भएको निष्कर्ष

विपक्षी दलसहित राष्ट्रपति निवासमा प्रचण्ड, ओली सरकार असफल भएको निष्कर्ष

रा.स्व.पा.ले हुल-हुज्जत र सडक प्रदर्शनवाट न्यायिक प्रकृयालाई प्रभावित पार्न खोजे:  कांग्रेस

रा.स्व.पा.ले हुल-हुज्जत र सडक प्रदर्शनवाट न्यायिक प्रकृयालाई प्रभावित पार्न खोजे…

ओलीको सयदिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउनेमै सीमित भयोः प्रभु साह

ओलीको सयदिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउनेमै सीमित भयोः…

सरकार ढल्ने दिवासपना नदेखे हुन्छ : प्रधानमन्त्री (पूर्णपाठ)

सरकार ढल्ने दिवासपना नदेखे हुन्छ : प्रधानमन्त्री (पूर्णपाठ)

जुनसुकै कालखण्डका भएपनि भ्रष्टाचारीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

जुनसुकै कालखण्डका भएपनि भ्रष्टाचारीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

वर्तमान सरकारले गर्छु भनेको काम पूरा गरेको प्रधानमन्त्री ओलीको दाबी

वर्तमान सरकारले गर्छु भनेको काम पूरा गरेको प्रधानमन्त्री ओलीको दाबी

एमाले लतिपुुरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, बाढी पीडितको लागि ३ अर्ब बजेटको माग

एमाले लतिपुुरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, बाढी पीडितको लागि ३ अर्ब बजेटक…