एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एमालेले संसदीय दलको बैठक आज (मंगलबार) बस्ने भएको छ । 

सङ्घीय संसद् अधिवेशन शुुरु हुनु अघि आवश्यक रणनीतिका लागि तय गर्न  संसदीय दलको बैठक बस्न लागेको हो । 

दिउँसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ । 

आउँदो १८ माघ बाट सङ्घीय संसद्को अधिवेशन शुुरु हुँदै छ । 

प्रतिक्रिया