अवैध रूपमा अमेरिका पुगेका नागरिक फर्काउन कोलम्बिया तयार

एजेन्सी । अवैध रूपमा अमेरिका पुगेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन कोलम्बिया तयार भएको छ ।यसअघि अमेरिकाबाट अवैध आप्रवासीलाई चढाएर पठाइएका दुई वटा सैन्य विमानलाई कोलम्बियाले अवतरण गर्न अनुमति दिएको थिएन ।

त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरूमा २५ प्रतिशत र पछि ५० प्रतिशत कर बढाउने तथा यात्रामा समेत प्रतिबन्ध लगाउने भनेपछि अवैध रूपमा अमेरिका पुगेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन कोलम्बिया तयार भएको हो ।

कोलम्बियाका विदेशमन्त्री लुइस गिल्बर्टो मुरिलोले मध्यरातको पत्रकार सम्मेलनमा आफ्नो देशले ‘गतिरोध पार गरेको’ र फर्केका नागरिकहरूलाई स्वीकार गर्ने बताएका छन ।

ट्रम्पको चेतावनीपछि आप्रवासीहरूलाई ल्याउन अमेरिकी देश होन्डुरसमा विमान पठाउन कोलम्बिया तयार भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

ट्रम्पको चेतावनीपछि कोलम्बियाका राष्ट्रपति गुस्ताबो पेट्रोले सामाजिक सञ्जालमा अमेरिकाले प्रवासीहरूलाई सम्मानजनक व्यवहार नगरेको आरोप लगाएका थिए ।

ट्रम्पले आफूले करको कार्यान्वयन स्थगित गर्ने बताएका छन । ह्वाइट हाउसले भिसा सम्बन्धी उपायहरू निर्वासितहरूको पहिलो विमान फर्कुन्जेलसम्म जारी रहने बताएको छ ।

ट्रम्पले अमेरिकी विमानस्थलहरूमा कोलम्बियालीहरूलाई थप छानबिन गर्ने वाचासमेत समेत गरेका छन । कोलम्बियाबाट अमेरिकाले २० प्रतिशत कफि अयात गर्ने गर्दछ भने करिब २ अर्ब बराबरको केरा, कच्चा तेल, एभाकाडो र फुल समेत आयात गर्ने गरेको छ ।

प्रतिक्रिया