सहकारीमा देखिएका समस्या समाधान गर्न सरकार लागिपरेको छ : मन्त्री अधिकारी
काठमाडौं । सरकारले सहकारीमा देखिएका समस्याहरुको दीर्घकालिन समाधानको लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरेको छ ।
ललितपुरको पुल्चोकमा स्थापना गरिएको प्राधिकरण कार्यालयको उदघाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीहरुको नियमन र वचतकर्ताको बचत रकम अपचलन गर्ने जो कोहीलाई कानूनको दायरामा ल्याउन सकिने विश्वास व्यक्त गरे ।
मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्याहरुको सम्बन्धमा स्थानीय तह, प्रदेश र संघ सरकारले अपनत्व ग्रहण गर्नेगरी प्राधिकरणको गठन गरिएको दाबी गरे ।
मन्त्री अधिकारीले सहकारी सम्बन्धी ऐन र कानूनहरु पुराना भएका कारण केही समस्या सिर्जना भएको उल्लेख गर्दै समयानुकुल बनाउँदै लैजाने बताए । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार लागिपरेको उल्लेख गर्दै सबैले साथ र सहयोग गर्न आग्रह समेत मन्त्री अधिकारीको छ ।
सहकारी क्षेत्रमा देखिएका समस्याहरु एक\दुई वर्षभित्रै समाधान हुनेगरी सरकारले काम गरिरहेको उनको दाबी थियो । प्राधिकरणको कार्यान्वयका लागि सर्च कमिटी गठन गर्न ढिलाई हुने भएका कारण तत्काल मन्त्रालयका सचिव अध्यक्ष रहने गरी व्यवस्था गरिएको छ ।
मन्त्री अधिकारीले सरकार भूमी, नापि र सहकारीसम्बन्धी ऐन संशोधनको तयारीमा रहेको जानकारी दिए ।
प्रतिक्रिया