टिस्टा नदीमा आएको बाढीमा परी २३ सैनिक बेपत्ता

भारतको सिक्किममा टिस्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक वेपत्ता भएका छन् । वेपत्ता सैनिकहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् । सेनाले जारी गरेको विज्ञप्तिअनुसार सिक्किममा भएको भारी वर्षा र चुङथाङ बाँधबाट पानी छाडिएका कारण तटीय क्षेत्रमा १५–२० फिटसम्म सतह बढेको थियो । बारदाङमा रहेका सैनिकहरु बाढीबाट प्रभावित भएको र राति करिब साढे १ बजेतिर २३ जना सैनिकहरु बगेर वेपत्ता भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया