योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्
रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् । कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् । तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् । उनलाई प्रहरीले अस्पताल पठाएको छ । श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी छिन् । उनले आज विहानदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत थालेकी थिइन । हत्या गरिएका नेपालगन्जका चेतन मानन्धरकी पत्नी मानन्धरको कैद माफी खारेज हुनुपर्ने र हत्यामा अदालतद्वारा दोषी ठहर गरिएका ढकाल बाँकी कैद भुक्तानीका लागि पुनः जेलमै राखिनुपर्ने माग उनको छ । उनले आइतबार रिट दायर गरेकी थिइनरु। देश चलाउने नेताहरूले गुन्डाको संरक्षण गर्दा पतिको हत्यारालाई आममाफी मिलेको र त्यसले गर्दा आफूहरू असुरक्षित बन्न पुगेको उनको भनाइ छरु। संविधानको गम्भीर उल्लंघन हुँदा तत्काल गर्नुपर्ने रिटमाथिको सुनुवाइ भने न्यायाधीश अभावमा लगातार दोस्रो दिन पनि सुनुवाई हुन सकेको थिएन । उनका पति चेतनलाई २०७२ असार २८ गते नेपालगन्जको धम्बोझी चोकमा ढकाल र उनको समूहले खुँडा प्रहार गरी हत्या गरेको थियोरु। ढकाल तरुण दल बाँके–३ का तत्कालीन सभापति थिएरु।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया