हमासले थप छ जना इजरायली बन्धकलाई रिहा गर्ने
एजेन्सी । हमासले थप छ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । विस्थापितहरूलाई उत्तरी गाजामा फर्कन दिएको बदलामा हमासले उनीहरूलाई रिहा गर्ने भएको हो । हमासले येहुद र अन्य दुई बन्धकहरूलाई आगामी शुक्रबार रिहा गर्नेछ भने शनिबार थप तीन जनालाई रिहा गर्ने जनाएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो साता हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने बताएका छन् । साथै आजदेखि उत्तरी गाजाका विस्थापितहरूलाई उनीहरूको घर फर्कन दिइने पनि उनले बताएका छ्न् ।
रिहा गर्न लागेको बन्धकहरूको सूचीमा अर्बेल येहुदीको नाम पनि समावेश छ । सर्वसाधारणलाई रिहा नगरेका कारण इजरायलले उत्तरी गाजाका विस्थापितहरूलाई उनीहरूको घर फर्कन दिएको थिएन । हमासले शनिबार पनि चार जना इजरायली बन्धकहरूलाई रिहा गरेको थियो ।
त्यसपछि हमासले युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप इजरायलले लगाएको थियो । हमास र इजरायलबीच यही जनवरी १९ मा युद्धविराम सम्झौता लागू भएदेखि हालसम्म सात बन्धक र २ सय भन्दा बढी कैदीहरूलाई रिहा गरिसकेको छ ।
प्रतिक्रिया