राष्ट्रपति डोनल्ड ट्रम्पले सम्पूर्ण वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी  । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोलम्बियाबाट आयातित हुने सम्पूर्ण वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । आप्रवासी बोकेको दुई वटा अमेरिकी सैन्य जहाजलाई कोलम्बियाले फिर्ता पठाएपछि ट्रम्पको यस्तो घोषणा आएको हो ।

उनले कोलम्बियाबाट आयातित हुने सम्पूर्ण वस्तुमा २५ प्रतिशत कर र सरकारी निकायका सम्पूर्ण व्यक्तित्वमाथि भीसा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । सम्पूर्ण वस्तुमा लगाइने २५ प्रतिशत कर ५० प्रतिशतसम्म पनि पुग्न सक्ने ट्रम्पको चेतावनी छ । साथै कोलम्बियाली सरकारलाई अमेरिकामा जबरजस्ती बसेका अपराधीलाई स्वेदश फर्कन स्वीकृति नदिने सम्बन्धमा आफ्नो कानुनी दायित्वको उल्लङ्घन गर्ने अनुमति नरहेको ट्रम्पको भनाइ छ ।

जवाफमा कोलम्बियाको राष्ट्रपति गुस्तावो पेट्रोले पनि अमेरिकी आयातित वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । निर्वासन गरिने नागरिकहरू अपराधी नभएको जीकिर गर्दै पेट्रोले ती नागरिकलाई सैन्य विमानमार्फत पठाउने नहुने भन्दै ति विमानलाई फिर्ता पठाउने निर्देशन कोलम्बियाले दिएको छ । नागरिकलाई सैन्य भन्दा पनि नागरिक विमानमार्फत अमेरिकाले फिर्ता पठाउनु पर्ने कोलम्बियाका राष्ट्रपति पेट्रोको भनाइ छ । प्रतिबन्ध लगाउने विषयले आफूलाई त्रसिद नबनाएको उनको टिप्पणी छ ।

 कोलम्बियामा १५ हजार भन्दा बढी अमेरिकी नागरिक अवैध रुपमा बसोबास गर्दै आएको तर आफ्नो सरकारले उनीहरूलाई फिर्ता नपठाउने समेत राष्ट्रपति पेट्रोको भनाइ छ ।  कोलम्बियाबाट अमेरिकाले २० प्रतिशत कफि अयात गर्ने गर्दछ भने करिब २ अर्ब बराबरको केरा, कच्चा तेल, एभाकाडो र फुल समेत आयात गर्ने गरेको छ ।

प्रतिक्रिया