राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय वनस्थली, काठमाडौंमा बस्ने भएको हो । बैठकमा समसामयीक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीमा छलफल हुने कार्यसूची रहेको रावलले जानकारी दिएकी हुन् ।
बैठकमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम , स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता विषयमा पनि छलफल हुनेछ ।
अठार गतेदेखि सुरु हुन लागेको संसद अधिवेशन तथा सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयन सम्बन्धमा समेत छलफल हुने नेताहरुले बताएका छन् ।
प्रतिक्रिया