हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले समतामूलक विकासको पक्षमा आफूहरु रहेको बताएका छन् । बुधबार सिरहामा ‘समाजवादी जागरण अभियान’को क्रममा आयोजित सभालाई सम्वोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा पार्टी रहेको बताएका हुन् । उनले सवै जातजातीलाई विकासको पथमा अगाडि वढाउने योजनाका साथ आफ्नो पार्टी अघि बढेको पनि उल्लेख गरे । 
सिरहाको हेमनारायण चौकमा आयोजित सभामा विभिन्न पार्टी परित्याग गरी सयौं जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरुलाई अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालेले अबिर तथा माला पहि¥याएर स्वागत गरेका थिए । एसमाजवादीले असोज २८ सम्म मेची–महाकाली जागरण अभियानका क्रममा जनतालाई आफ्ना एजेण्डाबारे बुझाउने र संगठन बिस्तार गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया