रवि लामिछाने १ करोड धरौटी बुझाएर रिहा
काठमाडौं । रुपन्देहीको सुप्रिम सहकारीकोे बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीका प्रल्हाद कुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश दिएको हो ।
न्यायाधीश योगीको आदेशपछि सभापति लामिछानेले जिल्ला अदालत रुपन्देहीमा धरौटीबापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । यस अघि काठमाडौंको स्वर्ण लक्ष्मी र पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने क्रमशः ६० र ६५ लाख धरौटीमा रिहा भएका थिए ।
प्रतिक्रिया