कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने

सरकारले चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यवृद्धि गर्ने जस्ता अनुचित कार्यहरु नगर्न÷नगराउन उद्योगी व्यवसायीहरुको ध्यानाकर्षण गराएको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्तिलाई कानून बमोजिम कडा कारबाही गर्ने निर्णय गर्दै कसैसँग सूचना भए हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्रि नम्बर ११३७ मा सूचना दिन आग्रह गरेको छ । त्यस्तै बैठकले सार्वजनिक निकायले तत्काल देशभर शुपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रलाई थप सक्रिय र क्रियाशील बनाइ बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।
बैठकले विचार तथा अभिव्यक्ति स्वतन्त्रता लगायत संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सकारात्मक तथा मर्यादित बनाउने निर्णय पनि गरेको छ । बैठकले वर्गीय, जातिय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक घृणा, द्वेष वा अवहेलना हुने कुनै काम कारबाही नगर्न नगराउन सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्तालाई आग्रह गर्दै त्यसो गरेको पाइए कारवाही गर्ने चेतावनी पनि दिएको छ । बैठकले विशेष अदालत सम्बन्धी नियमावली, २०८० स्वीकृत गर्नुका साथै व्यवस्थापन तथा नियमन विधेयक, २०८० र शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मन्त्रिपरिषद्मा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया