सरकारले मुलुकमा संवैधानिक संकट निम्त्याइरहेको छ: ओली
कुनै नियम र कानुन पालना नगरेको दाबी
प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीले पछिल्लो समयमा सरकारहरू स्वेच्छाचारी देखिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले गठबन्धन सरकार अनुत्तरदायि र गैर जिम्मेवार भएको बताएका हुन । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान माओवादी–कांग्रेस गठबन्धन सरकारले मुलुकमा संवैधानिक संकट निम्त्याइरहेको आरोप समेत लगाए ।
अध्यक्ष ओलीले सरकारले कुनै नियम र कानुन पालना नगरेको आरोप लगाएका हुन । संविधान स्वीकार्न सबैलाई स्थान र अवसर दिनुपर्नेमा सरकारले संविधान बाहिर धकेल्ने क्रियाकलापलाई प्रोत्साहन दिइरहेको उनले बताए । भ्रष्टाचारका विभिन्न फाइल खोलिरहेको भनेर धम्की दिइरहेको ओलीको गुनासो छ ।
प्रतिपक्षलाई तर्साउनका लागि सरकारले भ्रष्टाचारका फाइल खोल्छु भनेको ओलीको भनाइ थियो । सुन तस्करीमा संलग्नहरूलाई पक्राउ नगरेको भन्दै ओलीले गृहमन्त्री श्रेष्ठमाथि प्रश्न समेत गरे । प्रतिपक्षमाथि सुशासनको अभियान रोक्न लागेको भनेर गृहमन्त्रीले गलत बोलेको उनको भनाइ छ । अध्यक्ष ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको बिरोध गरे । एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छोडेकोप्रति उनले आपत्ति जनाएका हुन् ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया