सद्भाव र्यालीमा ढुङ्गा र इँटा प्रहार हुन थालेपछि नेपालगञ्जमा कर्फ्यु जारी
बाँकेको नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सृजना हुने अवस्था देखिएकोले आज दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्युको आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जनाकारी दिए । बिहान नेपालगञ्जमा सद्भाव र्याली पनि निकालिएको थियो । हिन्दुहरुको समूहले नेपालगञ्जमा प्रदर्शन गरेको छ । र्यालीमा ढुङ्गा र इँटा प्रहार हुन थालेपछि कर्फ्यु लगाउनु परेको हो । पूर्वमा राप्ती नदी, पश्चिममा इन्द्रपुर जाने बाटो, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ । नेपालगञ्जको सुरक्षा व्यवस्था कडा पारेको छ । नेपालगञ्जमा धार्मिक समुदायका बीचमा हुनसक्ने क्षतिलाई मूल्यांकन गरेर कर्फ्यू लगाइएको हो । बाँकेमा केहीदिनयता हिन्दु र मुस्लिमका नाममा सामाजिक सद्भाव विरोधि गतिविधि बढेको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सन्जालमा पनि एक अर्काविरुद्ध जथाभावी नलेख्न भनेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।
नेपालगन्ज र्याली
यसअघि सामाजिक संजालमा आएको विषयलाई लिएर केही दिन देखि नेपालगन्जमा केही उत्श्रृखल गतिविधि हुन सक्ने कुराको मध्यनजर गर्दै नेपालगन्जमा आज सदभाव ¥याली आयोजना गरिएको छ । सदभावको शहर नेपालगन्ज हो भन्ने परिचयलाई उजागर गर्दै सबै धर्मका धर्मगुरु, स्थानीय प्रशासन, नागरिक समाज, विभिन्न राजनीतिक दल, विद्यार्थी, निजी क्षेत्रलगायतको सहभागितमा सदभाव ¥याली निकालिएको हो । ¥यालीमा सहभागी सरोकारवालाले एकसाथ सबै धर्म सम्प्रदायले एकअर्काको भावनाको कदर गर्दै शान्ति र सदभावपूर्ण रुपमा आफ्ना गतिविधि सञ्चालन गर्न आग्रह गरे ।
¥यालीमा सहभागीहरुले सामाजिक तथा धार्मिक सदभावका लागि बृहत शान्ति ¥यालीले कुनै पनि व्यक्तिले गरेको गल्तीका पछि पूरै समुदाय दोषी नहुने समेत बताए । सदियौंदेखि मिलेर बसेको समाज एकजुट भएर ती वैरभाव फैलाउने तत्वविरुद्ध एकजुट हुन आव्हान समेत नेपालगञ्जबासीको छ ।।
प्रतिक्रिया