सुन प्रकरणमा चिनियाँसहित तीन जनालाई पक्राउ

प्रहरीले दोलखा सुन प्रकरणमा एक चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । दोलखामा बरामद ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जनालाई मंगलबार स्वयम्भुबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो ’सीआईबी’ का प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पक्राउ गरिएका उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालय, दोलखालाई बुझाउने छ ।  । यो गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेको थियो । योसँगै यस प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ । यसअघि प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा बिगु–१ घर भएका राज तामाङ, २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र च्याङ्बा भन्ने चसमान तामाङ छन् । उनीहरूमाथि दोलखामा नै संगठित अपराध अन्तरगत मुद्दा चलिरहेको छ । यो महिना चार दिनको अन्तरालमा दोलखामा तस्करीको ११ किलो सुन बरामद भएको थियो । गत असोज ११ गते दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद भएको थियो । त्यसको भोलिपल्ट थप ३ किलो सुन फेला परेको थियो । त्यसपछि असोज १४ गते लामाबगरमा थप ४ किलो सुन फेला परेको थियो । पछिल्लो समय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चेकजाँचमा कडाइ भएपछि तस्करले दोलखा नाकाबाट सुन तस्कर गर्दै आइरहेका छन् । यसरी आउने सुन बौद्ध, ठमेल लगायतका क्षेत्रमा बिक्री हुने गरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सरकारको सय दिन  : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

सरकारको सय दिन : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

विपक्षी दलसहित राष्ट्रपति निवासमा प्रचण्ड, ओली सरकार असफल भएको निष्कर्ष

विपक्षी दलसहित राष्ट्रपति निवासमा प्रचण्ड, ओली सरकार असफल भएको निष्कर्ष

रा.स्व.पा.ले हुल-हुज्जत र सडक प्रदर्शनवाट न्यायिक प्रकृयालाई प्रभावित पार्न खोजे:  कांग्रेस

रा.स्व.पा.ले हुल-हुज्जत र सडक प्रदर्शनवाट न्यायिक प्रकृयालाई प्रभावित पार्न खोजे…

ओलीको सयदिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउनेमै सीमित भयोः प्रभु साह

ओलीको सयदिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउनेमै सीमित भयोः…

सरकार ढल्ने दिवासपना नदेखे हुन्छ : प्रधानमन्त्री (पूर्णपाठ)

सरकार ढल्ने दिवासपना नदेखे हुन्छ : प्रधानमन्त्री (पूर्णपाठ)

जुनसुकै कालखण्डका भएपनि भ्रष्टाचारीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

जुनसुकै कालखण्डका भएपनि भ्रष्टाचारीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

वर्तमान सरकारले गर्छु भनेको काम पूरा गरेको प्रधानमन्त्री ओलीको दाबी

वर्तमान सरकारले गर्छु भनेको काम पूरा गरेको प्रधानमन्त्री ओलीको दाबी

एमाले लतिपुुरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, बाढी पीडितको लागि ३ अर्ब बजेटको माग

एमाले लतिपुुरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, बाढी पीडितको लागि ३ अर्ब बजेटक…