सुनको मूल्यमा लगातार गिरावट
नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ । आज लगातार आठौं दिन सुनको मूल्य प्रति तोला एक हजार तीन सय रुपैयाले घटेको हो । नेपाल सुनचादी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै,आज तेजावी सुनको मूल्य एक लाख ६ हजार ७ सय तोकिएको छ । चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १३ सय १० रुपैयाँले कायम भएको छ । महासंघका अनुसार असोज ८ यताको ८ दिनमा सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले घटिसकेको छ । असोज ८ गते एक लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता हरेक दिनजसो घटेर एक लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको हो । चाँदीको मूल्य पनि ८ दिनमा तोलामा १ सय २० रुपैयाँले घटेको छ । सुन चाँदीको मूल्य घट्नुको मुख्य कारण अन्र्तराष्ट्रिय बजार रहेको छ । डलरको मूल्य मजबुत बन्दा सुन बिक्री गरेर लगानी डलरतिर सर्दा त्यसको असर बजारमा देखिएको हो । डलर मजबुत भएसँगै यूरोपका ठूला देशहरुले बैंकमा ब्लकमा राखेका सुनहरु बेचेर डलरमा लगानी गर्न थालेका छन । पछिल्लो ११ दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक सय तीन डलरले घटेको छ । सुनको मूल्य अझै घट्न सक्ने अनुमान गरिएको छ ।।
प्रतिक्रिया