चिसो र शितलहरका कारण मधेसको जनजीवन प्रभावित
जनकपुर । विगत तीन दिन यता बढेको अत्याधिक चिसो र शितलहरका कारण जनकपुरधाम सहित मधेसको जनजीवन प्रभावित बनेको छ ।
गत सोमबार देखि दिउँसो घाम लागेको भएपनि मंगलबार देखि एकाएक चलेको चिसो हावा र बिहीबार राति शितको वर्षा भएपछि मधेसमा अत्याधिक चिसो महशुस गरिएको हो । विगत तीन दिन देखि घाम लागेको छैन । साथै शितलहर र सितको वर्षा पनि भइरहेको छ ।
अत्याधिक चिसो र घाम अभावका कारण जनजीवन कष्टकर बनेको छ । दैनिक ज्याला, मजदुरी गर्नेहरु मारमा परेका छन् । मधेसको जनजीवन १० बजे बिहान सम्म ठप्प हुने गरेको छ । चिसो बाट गरिब विपन्नहरुलाई धेरै समस्या भएको छ । स्थानियहरुले आगो तापेर तथा पराल बालेर चिसो छल्ने गरेका छन् ।
मधेशमा जारी शितलहर र चिसो हावा अझै केही दिन सम्म रहने अनुमान गरिएको छ ।
प्रतिक्रिया