बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि र आन्तरिक माग बढे सँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज (शुक्रबार) सुन प्रतितोला एक हजारले बढेको हो ।

बिहीबार प्रतितोला १ लाख ५९ हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ६० हजार ६ सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ ले बढेको छ । बिहीबार प्रतितोला १ हजार ८ सय ७५ मा खरिद बिक्री भएको चाँदी आज प्रतितोला १ हजार ८ सय ८० मा किन बेच हुनेछ ।
रासस 

प्रतिक्रिया