नेपाल पत्रकार महासंघ पर्सा र नेपाल बार एसोसिएसन पर्साले सामाजिक मुद्दामा केन्द्रित रहेर सहकार्य गर्ने
पर्सा । नेपाल पत्रकार महासंघ पर्सा र नेपाल बार एसोसिएसन पर्साले सामाजिक मुद्दाहरुमा केन्द्रित रहेर सहकार्य गर्ने भएका छन् ।
महासंघ र बारविच पत्रकारिता गरिरहेका पत्रकारहरुलाई पेशागत काम कार्वाहीका सन्दर्भमा आवस्यक कानूनी परामर्श सेवा दिने सहित छ बुँदे समझदारी भएको हो ।
पर्सा जिल्लालाई कार्यक्षेत्र बनाएकाले समाचार लेखेका कारण आइपर्ने मुद्दा मामिलामा आर्थिक भार खेप्न नपर्ने गरि कानून व्यवसायी मार्फत सेवा उपलब्ध गराउने समझदारी वारले गरेको हो । प्रेस स्वतन्त्रताको प्रतिरक्षा र पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा सुनिश्चितताका लागि पनि सघाउने पर्सा बार एसोसिएसनका अध्यक्ष कमल मोहन पोखरेलले बताए ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले मानव अधिकार लोकतन्त्र सुशासन र सामाजिक न्यायका निमित्त पनि दुई संस्थाले सहकार्य गर्ने बताए ।
प्रतिक्रिया