राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज (शुक्रबार) बाट शुुरू हुँदैछ । 

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडा देखि जिल्ला तह सम्मको अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्ययोजनामाथि छलफल हुनेछ । 

बैठक आज बिहान ११ बजे  काठमाडौंको धुम्बाराही स्थित एक होटलमा बस्ने बताइएको छ । 

प्रतिक्रिया