सभापति कप फुटबल : मच्छिन्द्र क्लब र ए.पी.एफ. भिड्दै
काठमाडौं । सभापति कप फुटबलमा मच्छिन्द्र क्लब र ए.पी.एफ. क्लब आज (शुक्रबार) प्रतिस्पर्धामा उत्रँदै छन् ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी सभापति कपमा आज मछिन्द्र र ए.पी.एफ. क्लब प्रतिस्पर्धामा उत्रन लागेका हुन् । उक्त खेल दिउँसो ३ बजे बजे बाट शुरू हुनेछ ।
बिहीबार बाट शुुरू भएको उदघाटन खेलमा संकटा क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । नकआउट चरणमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न ८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले २६ लाख तथा उपविजेता टोलीले १३ लाख नगद प्राप्त गर्ने नेपाल लोकतान्त्रिक खेलकुद संघले यसअघि नै घोषणा गरिसकेको छ ।
प्रतिक्रिया