यु-१९ महिला विश्वकप : नेपालले आज मलेसिया सँग खेल्ने

काठमाडौं ।  आइ.सी.सी. यू–१९ टी–ट्वान्टी महिला विश्वकपमा नेपालले आज (शुक्रबार) आयोजक मलेसिया सँग खेल्दै छ । 

खेल मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो सवा १२ बजे देखि शुरू हुनेछ । नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिसकेका छन् । 

मलेसिया समूह ‘ए’ को तथा नेपाल समूह ‘डी’ को चौथो स्थानका रूपमा प्लेअफमा आज खेल्न लागेका हुन् । पहिलो पटक विश्वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सीधै विश्वकपमा स्थान बनाएको थियो । 

एशिया छनोट जितेर विश्वकपमा प्रवेश गरेको नेपाल छनोट चरणमा बङ्गलादेश,स्कटल्याण्ड र अस्ट्रेलिया सँग पराजित भएको हो । 

प्रतिक्रिया