प्रधानमन्त्री ओली द्वारा बुटवल–गोरुसिङ्गे सडक शिलान्यास गरिँदै
लुम्बिनी । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आज (शुक्रबार) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ ।
उक्त आयोजनाका प्रमुख इञ्जिनियर कुशलता न्यौपानेले बुटवल उपमहानगरपालिका–१३ जितगढीमा प्रधानमन्त्रीले शिलान्यास गर्ने बताए ।
सडक विभागले दुई चरणमा गरेर बुटवल देखि गोरुसिङ्गे सम्म ५० किलोमिटर र गोरुसिङ्गे बाट चन्द्रौटा सम्म १९ किलोमिटर सडक स्तरोन्नति गर्दैछ । बुटवल देखि रूपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठीनदी सम्मको २५ किलोमिटर र कोठी देखि गोरुसिङ्गे सम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इञ्जिनियरिङ ग्रुप कर्पोरेशन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरेको यो सडक स्तरोन्नति गर्दा सञ्चालनमा रहेको यातायात सेवा अवरुद्ध नहुने गरी निर्माण गरिने आयोजना प्रमुख न्यौपानेले बताए ।
आयोजना प्रमुख न्यौपानेका अनुसार निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभाग सँग सडक स्तरोन्नतिका लागि कार्यादेश लिएको कम्पनीले ल्याब, क्रसर र कङ्क्रिट बनाउने ठाउँ बनाइसकेको छ । निर्माण कम्पनी एउटै भए पनि दुई भागमा विभाजन गरी अलग अलग ठेक्का भएकाले काम पनि दुई तर्फ बाट एकै पटक हुनेछ । पचास किलोमिटर सडक अन्तर्गत सालझण्डी–पिपरा र वनगाई–गोरुसिङ्गे सम्म करिब २० किलोमिटर जङ्गल क्षेत्र छ । यो खण्डमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ ।
पूर्व–पश्चिम राजमार्ग खण्ड भएकाले बजार तथा बस्ती क्षेत्र पर्ने ३० किलोमिटरमा भने दुवैतर्फ सर्भिस लेन सहितको ६ लेन सडक बन्ने आयोजना प्रमुख न्यौपानेले जानकारी दिए। यो सडक सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ । ठूला चोकहरुमा अन्डर पास र ओभर पास हुनेछन् ।
रासस
प्रतिनिधि सभाको बैठक आज दिउसो बस्दै
_1FVqqXhtC6_krcv5btkotxgq0iwchb7pltc11bo9pkzsrt4annjrnyg0zcn1nl7iy76bwai_gFwm1OY5x4_u7vaze8b0pddbeoek2sx2dkijvdvjhhmsn7hbqvicd3karov4gyduouism90.jpg)
विकास-निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
_7qWviGRS96_h441sw1oyc2cbagpjrykxs4dlukdzprgqfuud9g7mczcbtjpqbowprfhvexq_mk9D97PPtM_v6nzalqwoqbvhxt5ficmmbtvgho17eqskl1cm9u7ylpmwwpsytgcl6eco7sn.jpg)
सडक दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा रुपन्देहीको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा …
दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा अमेरिका सहभागी नहुने
लिभरपुल काराबाओ कपको फाइनलमा, बार्सिलोना कोपा डेल रे’को अन्तिम चारमा
_b9W5QtIy0d_zkyaxqq2gb3lreviekav6jawhyfuhaj9lx1x2adjaro7sbajuexwfaga9fui_jO0Hi58sLi_rsizcjsiemaixmgigvjavtheorc8kgnm74zos3kyjoazzis3ix4tpl5bzii9.jpg)
यसकारण हुन सकेन अपेक्षित सार्वजनिक खर्च
_NJnP3vuyWY_vhg1taxjgvfjfcqdvnckodowopjjkcriote0qbzr5clmrppby9kg6tgbkt4q_DO20F4kh57_zd5hobexvv2u4fb1nm8nrkqkdd1brdfzm8pqayn9cs5hrlqwr0h7prwwjleg.jpg)
प्रतिक्रिया