ढोरपाटन सिकार आरक्षमा सिकारयाम शुरू

नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम शुरू भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर र चार झारलको सिकार गर्न अनुमति दिएको हो । यस्तै सिकार आरक्षले आठ बँदेलका लागि समेत सिकार खेल्न अनुमति प्रदान गरेको छ । अनुमति पाएका सिकारीले नाउर, झारल र बँदेल सिकार गर्न यही असोज १७ गतेदेखि मङ्सिरको पहिलो सातासम्म आरक्ष खुला गरिएको हो । पहिलो याममा अमेरिकाका पाँच सिकारी, जर्मनी, रसिया र बुलरियाका एक–एक सिकारी सिकार खेल्नका लागि अनुमति पाएका हुन् । बोलपत्रमार्फत एउटै नाउर सिकार खेल्न सिकारीले १० देखि २० लाखसम्म तिर्ने गरेको पाइन्छ । ढोरपाटन क्षेत्रमा बर्सेनि असोज–मङ्सिर पहिलो याम र फागुन–वैशाखमा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ ।। 

प्रतिक्रिया