प्रधानमन्त्री दाहाल र एमसीसी प्रमुख अलब्राइटविच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी प्रमुख कार्यकारी अधिकृत सीईओ एलिस अलब्राइटले भेटवार्ता गरेकी छन् । उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेकी हुन् । भेटमा भदौ १३ गतेदेखि सुरु एमसीसी परियोजना कार्यान्वयनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार नेपाल आएकी बलब्राइटले नेकपा एमालेका अध्यक्ष केपी ओली, परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला लगायतसँग भेटवार्ता गरिसकेकी छन् । अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट एमसीसी परियोजना कार्यान्वयनमा आएको छ । परियोजना कार्यान्वयनमा आएपछिको अवस्थाबारे छलफल गर्न अलब्राइट पाँच दिने भ्रमणका लागि नेपाल आएकी हुन । भ्रमणका क्रममा अलब्राइटले बिभिन्न दल नेता तथा उच्चसरकारी अधिकारीहरुसंग भेटवार्ता गर्नेछिन ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया