सकिएन रविको थुनछेक बहस, शुक्रबार फेरी उपस्थित हुनुपर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जिल्ला अदालत रुपन्देहीमा आज भएको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ ।
बिहीबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा आज सरकारी वकिलको बहस सकिएको हो । पीडित पक्षका दुई वकिलको बहस भने बाँकी रहेको छ ।
अदालत स्रोतका अनुसार आज सरकारी वकिलको मात्र बहस सकिएको छ । पीडित र रवि लामिछानेका तर्फबाट बहस भोलि हुनेछ । आजको थुनछेक बहस सकिएसँगै लामिछानेलाई बुधबार जस्तै परिवारको जिम्मा लगाइएको छ ।
लामिछानेविरुद्ध बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा दालतमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दालाई सघाउन मंगलबार भैरहवा गएका लामिछाने बुधबार बिहान अदालत उपस्थित भएका थिए ।
बुधबार लामिछानेमाथिको बयान सकिएको थियो, भने आज पनि थुनछेक बहस नसकिएकाले लामिछाने भोली शुक्रबार फेरी अदालत उपस्थित हुनु पर्नेछ । लामिछाने सँग सुप्रीम सहकारीको मुद्दामा ४ करोड बढी विगो माग गरिएको छ ।
सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रविविरुद्ध रुपन्देही अदालतमा मुद्दा दर्ता भएको थियो । पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पौष २५ गते जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । लगत्तै काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा पनि उनी काठमाडौं जिल्ला अदालतबाट ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।

आगलागी बाट महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन : खानेपानी मन्त्रालय
अर्थतन्त्र सुधारका लागि पहल जारी : मन्त्री पौडेल

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_1PTL2z5t8W_8rbtroiknwzkjip74vueevtwamcatho29dk99k6rhlngojrhshf4crxay118.jpg)
प्रतिक्रिया