नेपाली सेनाद्वारा सिरहामा रहेको सर्पदंश केन्द्रको स्तरोन्नति

सिरहामा नेपाली सेनाले संचालन गर्दै आएको जयकाली सर्पदंश उपचार केन्द्रलाई स्तोरोन्नती गरिएको छ । सिरहाको नेपाली सेनाको बहादुर श्री शेरगणको परिसरमा सामुदायिक सर्पदंश उपचार केन्द्र निर्माण गरि सञ्चालनमा ल्याइएको हो । केन्द्रको उद्घाटन गर्दै सेनाको मध्य पूर्वी पृतनापति प्रेमध्वज अधिकारीले तराई क्षेत्रमा सर्पदंशको जोखिम उच्च रह्ने गरेकोले नयाँ भवनले थप स्तरीय सेवा प्रदान गरिने बताए ।
करिब १ करोड लागतमा ८ वटा कोठा निर्माण गरी १० शैय्याको सर्पदंश उपचार केन्द्र संचालनमा ल्याईएको सामुदायिक सर्पदंश उपचार केन्द्रले जनाएको छ । केन्द्रमा नयाँ उपचारमा आवश्यक पर्ने उपकरणहरु जडान गरिएको छ ।
सर्पदंश उपचार केन्द्र नेपाली सेनाको १० कट्ठा जग्गामा तात्कालिन सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रधानमन्त्री पुष्प कमल दाहालको संसदीय कोषबाट १० लाख, प्रदेश सरकार, जिल्लाका विभिन्न स्थानीय तह र स्थानीय व्यवसायी÷व्यक्तिले सहयोग गरेका थिए । सामुदायिक सर्पदंश उपचार केन्द्रले विगत चार वर्षमा २ हजार ९२६ जनाको उपचार गरेको छ । यस्तै २०८० मा असोज १४ सम्म ३ सय ३५ जना सर्पको टोकाईमा परेर उपचार गर्न आएको केन्द्रले जनाएको छ ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया