नेपाली सेनाद्वारा सिरहामा रहेको सर्पदंश केन्द्रको स्तरोन्नति

सिरहामा नेपाली सेनाले संचालन गर्दै आएको जयकाली सर्पदंश उपचार केन्द्रलाई स्तोरोन्नती गरिएको छ । सिरहाको नेपाली सेनाको बहादुर श्री शेरगणको परिसरमा सामुदायिक सर्पदंश उपचार केन्द्र निर्माण गरि सञ्चालनमा ल्याइएको हो । केन्द्रको उद्घाटन गर्दै सेनाको मध्य पूर्वी पृतनापति प्रेमध्वज अधिकारीले तराई क्षेत्रमा सर्पदंशको जोखिम उच्च रह्ने गरेकोले नयाँ भवनले थप स्तरीय सेवा प्रदान गरिने बताए ।
करिब १ करोड लागतमा ८ वटा कोठा निर्माण गरी १० शैय्याको सर्पदंश उपचार केन्द्र संचालनमा ल्याईएको सामुदायिक सर्पदंश उपचार केन्द्रले जनाएको छ ।  केन्द्रमा नयाँ उपचारमा आवश्यक पर्ने उपकरणहरु जडान गरिएको छ । 
सर्पदंश उपचार केन्द्र नेपाली सेनाको १० कट्ठा जग्गामा तात्कालिन सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रधानमन्त्री पुष्प कमल दाहालको संसदीय कोषबाट १० लाख, प्रदेश सरकार, जिल्लाका विभिन्न स्थानीय तह र स्थानीय व्यवसायी÷व्यक्तिले सहयोग गरेका थिए । सामुदायिक सर्पदंश उपचार केन्द्रले विगत चार वर्षमा २ हजार ९२६ जनाको उपचार गरेको छ । यस्तै २०८० मा असोज १४ सम्म ३ सय ३५ जना सर्पको टोकाईमा परेर उपचार गर्न आएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया