थाइल्याण्डमा बिहीबार सयौं समलिङ्गी जोडी विवाह बन्धनमा बाँधिए

एजेन्सी । थाइल्याण्डमा बिहीबार सयौं समलिङ्गी जोडी विवाह बन्धनमा बाँधिएका छन्।

यो सँगै थाइल्याण्ड समलिङ्गी बिवाहलाई  मान्यता दिने दक्षिणपूर्वी एसियाकै पहिलो देश बनेको छ । थाइल्यान्डको संसदले पारित गरेको र गत वर्ष थाई राजाले अनुमोदन गरेको कानून अन्तर्गत, समलिङ्गी जोडीहरूले पूर्ण कानुनी, आर्थिक र चिकित्सा अधिकारका साथसाथै धर्मपुत्र र पैतृक अधिकारका साथ आफ्नो विवाह दर्ता गर्न सक्नेछन्।

सबैजना समान अधिकार र मर्यादाको हकदार छन् भन्ने कुरा यो बिवाहले पुष्टि गरेको थाइ  प्रधानमन्त्रीको भनाई छ । 
 

प्रतिक्रिया