नक्कली प्रमाण पत्र बनाएर बढुवा भएका कर्मचारीलाई ३ महिना कैद

काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी बढुवा भएको मुद्दामा सम्बन्धित कर्मचारीलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बिहीबार सो फैसला गरेको हो । 

अदालतले बीपी मेमोरियल क्यान्सर अस्पतालमा जुनियर असिस्टेन्ट पदमा बढुवाका लागि एसएलसी तह उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका मनसुन नेपाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा दोषी ठहर गरेको हो ।

निज मनसुन नेपालले ०७८ चैत २१ मा बढुवा प्रयोजनका लागि एसएलसी उत्तीर्ण भएको प्रमाणपत्र पेस गरेको र ०७९ असोज २८ गते बढुवा भएको इजलासको ठहर छ ।

निजले पेस गरेको शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ‘नट भेरिफाइड’ भनी पत्र अनुसार जानकारी गराएको देखिएको अदालतले फैसलामा उल्लेख गरेको छ ।

प्रतिक्रिया