एसियन खेलकुद: सानदार ब्याटिङका बाबजुत नेपाल भारतसंग २३ रनले पराजित

एसियन खेल अन्तर्गतको पुरुष क्रिकेटमा नेपालमाथि भारतले जित हात पारेको छ ।  आज बिहान भएको पहिलो क्वार्टरफाइनल खेलमा नेपाललाई २३ रनले पराजित गर्दै भारतले जित हात पारेको हो ।  जितसँगै भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ भने नेपालको क्रिकेट टिम प्रतियोगिताबाट बाहिरीएको छ  । टस जितेर पहिले ब्याटिङ गरेको भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको थियो । तर, नेपालले निर्धारित ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो ।  खेलमा दिपेन्द्र सिंह ऐरीले ३२, कुशल मल्ल र सन्दीप जोराले समान २९ , ओपनर कुशल भुर्तेलले २८, करण केसी १८ र आसिफ शेख १० जोडे । सोमपाल कामी ७ र गुल्सन झा ६ र सन्दीप लामिछाने ५ रनमा आउट भए । भारतका अवि बिश्रोई र अषेश खानले समान तीन, अर्शदीप सिंहले दुई तथा साइ किशोरले एक विकेट हात पारेका थिए । यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय रन बनाएको थियो । भारतका यशस्वी जयसवालले शतकीय इनिङ्स खेले । कप्तान ऋतुराज गायकले २५ , रिंकु सिंहले ३७ र शिवम दुवेले २५ रन बनाए ।  नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान एक एक विकेट हात पारे । नेपाल समूह चरण पार गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो । नेपालले समूह चरणमा भियतनाम र माल्दिभ्सलाई हराएको थियो । भारतले अव बुधबार हुने बंगलादेश र मलेसियाबीचको विजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ । 
 

प्रतिक्रिया