अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश
एक वर्षमा २० हजार ९ सय उजुरी, १ सय ६२ वटा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आज राष्ट्रपति भवनमा आयोजित एक समारोहका बीच उक्त प्रतिवेदन पेश गरेका हुन् । आयोगले गत आर्थिक वर्षमा १ सय ६२ वटा मुद्दा दायर गरेको प्रतिवेदनमा उल्लेख छ । यसअन्तर्गत ६४ वटा गैरकानुनी लाभ हानी, घुससँग सम्बन्धी ३२ र सार्वजनिक सम्पत्तिको हानी २७, गैरकानुनी सम्पत्ति आर्जनमा १३, शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका आठ, राजस्व चुहावटका सात र विविध ११ वटा मुद्दा रहेका छन् । यी मुद्दामा ७ सय ६६ जनालाई प्रतिवादी कायम गरी एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४ सय ३७ रुपैयाँ विगो माग दाबी गरिएको आयोगले जनाएको छ । १ सय ६२ वटा मुद्दामा नेपाल सरकारका विशिष्ट कर्मचारी एकजना, अधिकृत स्तरका कर्मचारी २ सय १४ जना, सहायक तथा सहयोगी १ सय ४४, निर्वाचित तथा मनोनीत २ सय ९ र मतियार तथा विचौलिया १९८ गरी जम्मा ७६६ प्रतिवादी कायम भएका छन । आयोगका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा आयोगमा विभिन्न माध्यमबाट २० हजार ९ सय पाँच वटा उजुरी परेका छन् । आयोगका अनुसार सबैभन्दा बढी स्थानीय तहका मात्रै ३५.९५ प्रतिशत छन् । आयोगबाट १८ हजार ७९९ अर्थात ६६.९८ प्रतिशत उजुरी प्रारम्भिक छानबिनबाट फर्स्योट गरिएको छ । यीमध्ये एक हजार १ सय ३३ उजुरीउपर विस्तृत अनुसन्धान भइरहेको र सात हजार ८ सय ६९ उजुरी तामेली गरिएको छ । गत आवमा बाँकी ९ हजार २६८ उजुरी नयाँ आवमा सरेर प्रक्रियामा गएको आयोगले जनाएको छ । अनुसन्धान भइरहेकामध्ये ८ सय ७८ उजुरीका सम्बन्धमा आयोगबाट ९ सय ३७ पटक निर्णय भएको र १ सय ६२ वटा मुद्दामा विशेष अदालतमा आरोपपत्र दायर भएको छ । अख्तियारका अनुसार विशेष अदालतमा ७ सय ६६ जनालाई प्रतिवादी बनाएर एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३७ रुपैयाँ बिगो माग दाबी गरि मुद्दा गत बर्ष दर्ता भएका छन ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया