व्यवस्थालाई दोष दिने बेला भएको छैनः मन्त्री गुरुङ
शहरी विकासमन्त्री सीता गुरुङले व्यवस्थालाई दोष दिने बेला नभएको बताएकी छिन । आज ललितपुरमा बसोवास दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कानूनी रुपमा, संवैधानिक रुपमा संघीयता प्राप्त गरेपनि अहिले व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसकेको स्वीकार गरेकी हुन । मन्त्री गुरुङले झन्डै ४० वटा संघीय कानून बनाइसकेपछि अहिले भएका समस्या समाधान हुने दाबी गरिन ।
मन्त्री गुरुङले कार्यान्वयनकै चरणमा सबैकुरा भएन भन्ने हो भने गलत हुने पनि स्पष्ट पारिन । मन्त्री गुरुङले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि सारेपनि कार्यान्वयन लैजान नसकिएको स्वीकार गरिन । स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि बढाउन बजेट पर्याप्त नभएको उनको गुनासो छ । मन्त्री गुरुङले बनेका शहरलाई व्यवस्थित गर्ने र बन्ने शहरको संरचनाबारे पहिल्यै ध्यान दिनुपर्ने आवश्यकता औल्याइन । शहर व्यवस्थित गर्नका लागि शहरी विकास नीति आवश्यक रहेको उनको भनाइ थियो ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया