मोरङको गेउरीया पुल निर्माण कार्य सुरु
मोरङको रंगेली कानेपोखरी सडक खन्ड अन्तर्गत कानेपोखरी गाउँ पालिका २ स्थित गेउरीया पुल को निर्माण कार्य सुरु भएको ११ बर्ष पछि पुलको ढलान भएको छ । तर ढलान भएको तीन महिना बितिसक्दा समेत पुलको दायाँ बायाँको काम सम्पन्न नहुदा आवतजावतमा थप समस्या परेको छ । २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेवि ले १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ करोड १८ लाख रुपैयाँ मा पुल निर्माणकार्य का लागि ठेक्का पाएको थियोे । निर्माण कम्पनी प्रमुख सराउद्घिन अनसारी का अनुसार चैत्र महिना सम्म पुल को सम्पुर्ण काम सम्पन्न गर्ने र बैशाख महिना देखि सो पुल बाट आवत जावत हुने बताए पनि ५ महिना बितिसक्दा समेत कुनै सुरसार देखिएको छैन । दैनिक रुपमा उक्त सडकबाट सयौं सवारीसाधन आवतजावत गर्ने भएकाले स्थानीय खुसी थिए । तर अहिले पुलको निर्माणकार्य सम्पन्न नहुँदा निरास भएका छन् ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया