लेखा समिति सभापतिका पूर्व स्वकीय सचिवविरुद्ध अदालतमा मुद्दा दर्ता

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले ठगी मुद्दामा जिल्ला अदालत मोरङमा बुधवार पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो । सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी लिएर अभियोग दर्ता गराएको जनाइएको छ ।
अभियोग दर्ता भएपछि बिहीबार पोखरेलको बयान हुने र सोही दिन बयान सकिए थुनछेक बहस शुरु हुने बताइएको छ । थुनछेक बहसपछि अदालतले पुर्पक्षको लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्नेमध्ये एउटा आदेश दिनेछ ।
ठगी आरोपमा प्रहरीले उनलाई पौष २५ गते पक्राउ गरेको थियो । पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।
अर्थतन्त्र सुधारका लागि पहल जारी : मन्त्री पौडेल

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_hJXZRPv3vX_l7vcpply9rtznan67lnvsnurc352zsteo9tomxroihsmia5ss1mkogfz6axo.jpg)
प्रतिक्रिया