एभिन्यूज खबरको आधिकारिक यूट्युव च्यानलमा साइबर आक्रमण
एभिन्यूज खबरको आधिकारिक यूट्युव च्यानलमा साइबर आक्रमण भएको छ । आइतबार राति साढे बार बजे ह्याकरले साइबर आक्रमण गरेको थियो । एभिन्यूज खबरका सूचना प्राविधि अधिकारीले ह्याकरको आक्रमणबाट यूट्युव च्यानललाई जोगाएका छन् । ह्याकरले केहि समय टेलिभिजनको यूट्युव च्यानललाई नियन्त्रणमा राखेका थिए । ह्याकरले केहि समय टेलिभजिनको आधिकारिक यूट्युब ह्याण्डल परिवर्तन गरि टेस्ला यूएस लाइभ एक्सएक्स राखेको थियो । ह्याकरल यूट्युब खातामा प्रयोग भएको दुइ वटा इमेल एकाउण्ट पनि ह्याक गरिएको एभिन्यूज सूचना प्रविधि शाखाले जनाएको छ । च्यानल ह्याक भएको सम्बन्धमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिने तयारी छ ।
प्रतिक्रिया