शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ: अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको बताएका छन । ललितपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानी कर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौति र जरुरी रहेको बताएका हुन । मन्त्री महतले अहिले शेयर मार्केट तल झर्नुमा अनुगमन र सुक्ष्म व्यवस्थापनका केही समस्याहरु रहेको उल्लेख गरे ।
मन्त्री महतले बिस्तारै शेयर बजार बढ्दै जाने दाबी गरे । उनले शेयर बजारमा रहेको समस्या समाधानका लागि चाँडै नै समाधानका उपाय खोज्ने र साना वचत कर्ताहरुको लगानी सुरक्षित गरेर जानुपर्ने आवश्यकता मन्त्री महतले औल्याए । उनले लगानी सुरक्षित गर्ने कुरामा कतिपय बेलामा इन्साइडर ट्रेडिङका कुराहरु आउने र सूचना लिक हुने प्रवृत्तिहरु देखिएको भन्दै यसलाई निर्णायक हिसावले दायरामा ल्याउनुपर्ने बताए ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया