सुन तस्करी छानविन आयोगद्वारा आजवाट काम सुरु

सुन तस्करीवारे छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय आयोगले आजवाट काम सुरु गरेको छ । सुन तस्करी छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउने कार्यादेश पाएको आयोगले काम थालेको छ । विदेशबाट विद्युतीय सिगरेटमा राखी ल्याइएको सुन, साउन २ गते ब्रेक–सुमा राखेर ल्याइएको सुनलगायत पटकपटक भएका तस्करीका विषयमा सरकारका विभिन्न निकायबाट भएका छानबिनसमेतको अध्ययन, तस्करीका प्रकृति, सुनको परिमाण, अपराधको दायरा र त्यस कार्यमा संलग्न व्यक्तिका सम्बन्धमा थप अनुसन्धान आयोगले थालेको हो । आयोगले सरकारले सुन तस्करीमा संलग्न देखिएका तर अनुसन्धानको दायरामा नल्याइएका नेकपा माओवादी केन्द्रका नेताहरूमाथि अनुसन्धान गर्ने बताइएको छ । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन हिजो सरकारले गठन गरेको थियो । आयोगमा अर्थ मन्त्रालयका सहसचिव किशोरजंग कार्की, गृह मन्त्रालयका उपसचिव प्रेमराज जोशी र पूर्वएआइजी सहकुल थापा सदस्य छन । 
 

प्रतिक्रिया

सरकारको सय दिन  : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

सरकारको सय दिन : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

विपक्षी दलसहित राष्ट्रपति निवासमा प्रचण्ड, ओली सरकार असफल भएको निष्कर्ष

विपक्षी दलसहित राष्ट्रपति निवासमा प्रचण्ड, ओली सरकार असफल भएको निष्कर्ष

रा.स्व.पा.ले हुल-हुज्जत र सडक प्रदर्शनवाट न्यायिक प्रकृयालाई प्रभावित पार्न खोजे:  कांग्रेस

रा.स्व.पा.ले हुल-हुज्जत र सडक प्रदर्शनवाट न्यायिक प्रकृयालाई प्रभावित पार्न खोजे…

ओलीको सयदिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउनेमै सीमित भयोः प्रभु साह

ओलीको सयदिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउनेमै सीमित भयोः…

सरकार ढल्ने दिवासपना नदेखे हुन्छ : प्रधानमन्त्री (पूर्णपाठ)

सरकार ढल्ने दिवासपना नदेखे हुन्छ : प्रधानमन्त्री (पूर्णपाठ)

जुनसुकै कालखण्डका भएपनि भ्रष्टाचारीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

जुनसुकै कालखण्डका भएपनि भ्रष्टाचारीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

वर्तमान सरकारले गर्छु भनेको काम पूरा गरेको प्रधानमन्त्री ओलीको दाबी

वर्तमान सरकारले गर्छु भनेको काम पूरा गरेको प्रधानमन्त्री ओलीको दाबी

एमाले लतिपुुरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, बाढी पीडितको लागि ३ अर्ब बजेटको माग

एमाले लतिपुुरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, बाढी पीडितको लागि ३ अर्ब बजेटक…