दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्यवृद्धि

उपभोक्ता मारमा 
पछिल्लो तीन महिनाको अन्तरमा दैनिक उपभोग्य वस्तुमा ४५ प्रतिशतसम्मले वृद्धि भएको छ । सरकारको अविवेकपूर्ण क्रियाकलाप र व्यापारिहरुको अराजक मास्थिीतिको कारण दैनिक जसो मूल्य वृद्धि भइरहेको सरोकारवालाहरुकै भनाइ छ । 
पछिल्लो तीन महिनाको अन्तरमा दैनिक उपभोग्य वस्तुमा ४५ प्रतिशतसम्मले वृद्धि भएको छ । चाडको मुखमा दैनिक उपभोग्य वस्तु खाद्यान्न तथा तरकारीको मूल्यमा वृद्धि  हुन थाले पछि उपभोक्ताहरु प्रत्यक्ष मारमा परेका छन् । आर्थिक मन्दीले थलिएका उपभोक्ता खाद्यान्न र तरकारीमा भएको अस्वाभाविक मूल्यवृद्धिको कारण मर्काका परेका हुन् ।   
कालीमाटि फलफुल तथा तरकारी विकास समितिको अनुसार गत भदौ अन्तिममा प्रतिकेजी ६५ रुपैया रहेको प्याज करिव ११ प्रतिशतले वृद्धि भएर ७३. ६४ रुपैया पुगेको छ । त्यस्तै प्रतिकेजी ७५ रुपैया रहेको काउली वृद्धि भएर ८५ रुपैया, ३५ रुपैया प्रतिकेजी रहेको घिरौला वृद्धि भएर ६५ रुपैया पुगेको छ । त्यस्तै गत  असारको तुलनामा  असोजमा चामल, दाल, चिनी, मसलालगायत खाद्यान्नको मूल्यमा पनि अत्याधिक वृद्धि भएको छ । २ हजार १ सय रुपैयाँ पर्ने २० किलो बोराको जिरा मसिनो चामल १ असोजमा आउँदा ३ हजार पुगेको छ । यही अवधिमा प्रतिकेजी १ सय ८५ रुपैयाँ पर्ने रहर दाल ५५ रुपैयाँले बढेर २ सय ४० पुगेको छ । त्यस्तै, चिनी प्रतिकेजी ९५ रुपैयाँबाट बढेर एक सय २० रुपैयाँ पुगेको छ । दशैं नजिकिएसँगै केही वस्तुहरुको मुल्यमा अझै वृद्धि हुनसक्ने समितिको आंकलन छ । 
बाइट  विनय श्रेष्ठ, उप निर्देशक, कालीमाटि फलफुल तथा तरकारी विकास समिति 
विचौलियाहरुको कारण पनि खाद्यान्न साम्रागीमा मुल्यवृद्धि निरन्तर उकालो लागीरहेको छ । सरकारको अविवेकपूर्ण क्रियाकलाप र व्यापारिहरुको अराजक मास्थिीतिको कारण दैनिक जसो मुल्य वृद्धि भइरहेको सरोकारवाला बताउछन । सरकारले नै कालो बजारीलाई समर्थन गरेको कारण मुल्य वृद्धि आकाशिएको राष्ट्रिय उपभोक्ता मञ्च  बुझाई छ । 
सरकारको कमजोर अनुगमन प्रणालीले पनि मुल्यवृद्धिमा भुमिका खेलिरहेको छ । जसका कारण उपभोक्ताहरु मुल्य वृद्धिले दिन प्रतिदिन थिचिएका छन् । तसर्थ सरकारले बजार अनुगमनलाई पनि प्राथमिता साथ अगाडि बढाउन अवाश्यक देखिएको छ ।
 


 

प्रतिक्रिया