स्पेनको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

स्पेनको दक्षिणपूर्वी शहर मर्सियामा रहेको तीन नाइटक्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । ला फोंडा भनेर चिनिने फोंडा मिलाग्रोस नाइटक्लबमा आइतबार बिहान आगलागी भएको हो । सो आगो आसपासका क्लबहरुमा समेत फैलिएर ठूलो क्षति गरेको हो । स्थानीय सञ्चारमाध्यमले मृतकमध्ये जन्मदिन मनाउने परिवारका सदस्यसमेत रहेको जनाएका छन् । आगलागीपछि १४ जना बेपत्ता छन । मृतकको संख्या अझै बढनसक्ने चेतावनी प्रहरीले दिएको छ । आगलागीको कारण अझै खुलेको छैन । क्लबको पहिलो तल्लामा आगलागी सुरु भएको बताइएको छ । यो आगलागीलाई स्पेनमा भएको तीस बर्ष यताकै ठूलो आगलागी मानिएको छ । यसअघि सन् १९९० मा जरागोजामा भएको आगलागीमा ४३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया