एसियाली खेलकुद: पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसंग भिड्दै
एसियाली खेलकुदमा नेपालले कम्तिमा एउटा पदक सुनिश्चित गरेको छ । चीनमा जारी एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिमले बंगलादेशलाई ३७–२४ अंकले पराजित गर्दै कम्तीमा कास्य पदक सुनिश्चित गरेको हो । एसियाली खेलकुदमा अहिलेसम्म कुनै पदकमा लिन नसकिरहेको बेला कबडी टिमले पहिलो पदक दिलाउन लागेको हो । यसैबीच आज बिहान भएको महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग पराजित भएको छ। नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो । पहिलो खेलमा भियतनामसँग पराजित भएको नेपाल आज दक्षिण कोरियासँग पराजित भएसँगै प्रारम्भिक चरणबाटै बाहिरिएको छ । जारी १९औं एसियाली खेलकुद आज नेपालले आर्चरी, स्क्वास, एथलेटिक्स र ब्याडमिन्टनमा नेपालले आफ्नो चुनौती प्रस्तुत गर्नेछ । प्रतियोगिताको नवौं दिनसम्म नेपालले कुनै पदक जित्न सकेको छैन । राष्ट्रिय कीर्तिमान बनाउनु नै ठूलो उपलब्धी हुँदै आएको छ । प्रतियोगिताको लागि २९ खेलका दुई सय ५३ खेलाडी छनोट भएका छन् । तेक्वान्दो, बक्सिङ र कराँतेबाट समेत पदकको आशा सकिएको छ ।
प्रतिक्रिया