एनआरएन अध्यक्षद्वारा सभापति देउवाको ध्यानाकर्षण

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ( एनआरएन )का अध्यक्ष बद्री केसीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थाले पनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा समस्या परेको गुनसो गर्दै समाधानका लागि अनुरोध गरेका छन् ।
‘संविधानले नै निर्दिष्ट गरेको अधिकार प्राप्तिका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि पछिल्लो पटक गैरआवासीय नेपालीलाई १० वर्ष भिसा शुल्क नलाग्ने भनेर अध्यादेश आउँदा विदेशमा रहेका नेपालीहरु थप निराश भएका’सभापति देउवासमक्ष केसीले गुनासो गरेका एनआरएनले विज्ञप्तिमार्फत जनाएको छ ।
सभापति देउवाले एनआरएनका समस्या समाधानका निम्ति आफ्नो तर्फबाट हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका विज्ञप्तिमा उल्लेख छ ।
रासस
सार्वभौम सत्ता संसदमा नभइ जनतामा निहित छः उपाध्यक्ष पाण्डे
‘स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ’
प्रदेशसभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा

बागमती प्रदेश सरकारले चाडपर्वको संरक्षण गर्ने
प्रतिनिधि सभा बैठकमा सर्लाहीमा अन्तरजातीय विवाह घटनाबारे गृहमन्त्रीको जवाफ माग

बागमती प्रदेश सभाको बैठकमा ४ विधेयक प्रस्तुत

रवि लामिछानेको बयान न्यायाधीश दयाराम ढकालको इजलासमा हुँदै

प्रतिक्रिया