प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताविच छलफल भएको हो । भेटवार्तामा उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश बर्तौला पनि सहभागी थिए । शनिबार मात्रै चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री दाहालले आज बिहान प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल गरेका हुन । अवैध सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने विषयमा दुई नेताविच सकारात्मक कुराकानी भएको बताइएको छ । यसैविच प्रधानमन्त्री दाहालले संसदमा प्रतिनिधित्व गर्ने सात दलको बैठक बोलाएका छन् । केही बेरमा बस्ने गरी बैठकमा राष्ट्रिय मान्यताप्राप्त दलहरू सहभागी हुनेछन् । सात दलको बैठकमा सदन सञ्चालन, सुन तस्करीको छानबिन लगायतमा छलफल हुने बुझिएको छ ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया