मेची भन्सार बाट २ अर्ब ९५ करोडको चिया निर्यात
झापा । मेची भन्सार कार्यालय बाट चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस) सम्ममा २ दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ ।
सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा १ अर्ब ९० करोड ५ लाख ६ हजार बराबरको चिया निर्यात भएको थियो ।
भारतमा चिया उत्पादनमा कमी आए सँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताए । चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।
कार्यालयको तथ्याङ्कानुसार चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्त सम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ४ अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा ३ अर्ब ९० करोड ५८ लाख ०६ हजार बराबरको अलैँची निर्यात भएको थियो ।
कार्यालयको तथ्याङ्कानुसार प्लाइउड २७ दशमलव ९०, सिमेन्ट क्लिङ्कर चार हजार एक सय ४१, भेनियर सिटको निर्यात दुई सय ३६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलाम लगायत वस्तुको निर्यातमा कमी आएको छ । पूर्वी नाकामा रहेको मेची भन्सार बाट चालु आर्थिक वर्षको छ महिनामा १३ अर्ब ८४ करोड चार लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।
औद्योगिकीकरणको बाटो अङ्गीकार गर्नैपर्नेमा अध्यक्ष दाहालको जोड

बगरखेतीले फेरिँदै फाँटाका किसानको जीवनस्तर
झाडी फाँडेर १४० रोपनीमा ओखरखेती
_B9c0XM33ID_jdn0ww1zjz9xmodch87nd88dglqo6cfdxybjbqvldzots39uyqrdrvvmi6mv_hiasA5iaVK_ufo6ioufjysno7ccvfha3ad7114dicvtg2uubtgxz0llycumecnzkdafoitt.jpg)
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

म्याग्दीमा झाडी फाडेर सुन्तला बगान

केराका बोट सुक्न थालेपछि किसान चिन्तित
_G9KCROLXu6_drydeu1ia46xr9n7q6rn6ukvzco4pptmjecdqtecinfagh901lqztjdkze3k_Uh8xYsrUIu_ezcbhg93na6quuqr0uzwcbxe7xbdfrgf4mmfja1rnab1knjiu6zp6r2z6cqs.jpg)
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
_vPTwF5aHaj_lf4aes0mjve4q8ynzkiptw7snslvpxiwd5jfeqlkmzg7od9ki1nmngivlv1b_VUOwyifSEK_vpbbmvlwhnfvo3infejltqgvxafzbce6e5hx5rhzabni5qnwinwevqxvvgsl.jpg)
प्रतिक्रिया