आज एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (मंगलबार) बस्दैछ ।
बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्ने बताइएको छ । पुस तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठक पछि सचिवालय बैठक बस्न लागेको हो ।
एमालेले सचिवालय बैठक बसेर केन्द्रीय कमिटी बैठकका निर्णय सहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइको छ ।
साथै सचिवालय बैठकले एमालेमा प्रवेश गर्न लागेका नेता वामदेव गौतमलाई दिने जिम्मेवारीका विषयमा पनि छलफल हुने बताइएको छ ।
कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरी द्वारा अनुसन्धान शुरु

महाकुम्भ मेलामा हाल सम्म ४२ करोड तीर्थयात्री सहभागी
जलविद्युतको शेयर मार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : मन्त्री खड्का

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

प्रतिक्रिया