यस्तो छ आज देशभरको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली भएको तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका तथा तराईका केही भूभागहरूमा हुस्सु लागेको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसका बीचमा रहने अनुमान गरिएको छ । आज सूर्यदय विहान ६ बजेर ५४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३५ मिनेटमा हुनेछ ।

क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापन गर्दै काठमाडौं महानगरपालिका
सिंहदरबार स्थित खानेपानी मन्त्रालयमा आगलागी
प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)
निर्माणाधिन सडक योजनामा १६ करोड बजेट थप
तीस किलोको खुकुरी !
पोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर

प्रतिक्रिया