एमसीसी प्रमुख एलिस आज काठमाडौं आईपुग्दै

परियोजना कार्यान्वयनको अबस्था बारे जानकारी लिने

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी की प्रमुख कार्यकारी अधिकृत सीईओ एलिस अलब्राइट पाँच दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आउदैछिन । सम्झौतामा छ वर्षपछि भदौ १३ गतेवाट एमसीसी कार्यान्वयनमा आएपछि त्यसवारे बुझ्न उनी नेपाल आउन लागेकी हुन । अलब्राइटले नेपाल–अमेरिका बीचको द्विपक्षीय साझेदारी मनाउन र एमसीसी–नेपाल कम्प्याक्ट सम्झौताको सफल सुरुआतको उपलक्ष्यमा नेपाल भ्रमण गर्न लागेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । भ्रमणका क्रममा एलिसले नेपाल सरकारका वरिष्ठ नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने र कार्यान्वयनका अगाडिका चुनौतीहरूलाई सम्बोधन गर्न छलफल गर्ने बताइएको छ । यसअघि एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन घोषणाका क्रममा एमसीसीका उपाध्यक्ष क्यामरुन एस अल्फोर्ड पनि काठमाडौं आएका थिए । एमसीसीबाट नेपालले ५ सय मिलियन डलरको सहायता प्राप्त गर्ने हो । यस सहायताबाट नेपालमा विद्युत प्रसारण लाइन निर्माण र सडकहरुको स्तरोन्नति गर्ने योजना छ । आयोजनाको काम घोषणा भएको मितिवाट पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नु पर्नेछ । 

प्रतिक्रिया