अस्पतालको भवन ठेकेदारले समयमै सम्पन्न नगर्दा सेवाग्राही समस्यामा
काठमाडौं । जिल्ला अस्पताल पर्वतको पक्की भवनको काम ठेकेदारले समयमा सम्पन्न नगरिदिँदा सेवाग्राही मारमा परेका छन । ठेकेदारकै ढिलासुस्तीका कारण अस्पताललाई पचास शैय्यामा विस्तार गर्ने योजना समेत अलपत्र परेको छ ।
भवन निर्माण सम्झौताको छ वर्ष पुरा हुँदा पनि ठेकेदारले काम सम्पन्न नगर्दा समस्या भएको अस्पताल व्यवस्थापन समितिको भनाइ छ । भवन नबनेकै कारण आइसियु सेवा, शल्यक्रिया कक्ष, भिडियो एक्स–रे लगायतका सेवा प्रभावित छन ।
भवन निर्माणको काम पूरा हुन नसक्दा गर्भवती राख्ने कक्ष, शल्यक्रिया कक्ष, सघन उपचार जस्ता सेवा प्रदान गर्नका लागि स्थानको अभाव भएको छ । २०७५ असारमा श्याम सुन्दर गोर्खा जेभीले २०७८ सालभित्र भवन निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर अस्पतालका डी र ई ब्लक अझै बनेका छैनन ।
केही भवन भवन निर्माण भएपनि भित्री कोठाहरू र केही बाहिरी भागमा रङरोगन, विद्युत् जडान, प्लम्बिङलगायत फिनिसिङ लगायत भएका छैनन । १८ करोड लागत रहेको भवन निर्माणको ८५ प्रतिशत भुक्तानी भने ठेकेदारले पाइसकेको छ । अस्पतालले दैनिक जसो करिब ३ सय जनालाई उपचार सेवा दिदै आएको छ ।
प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)
निर्माणाधिन सडक योजनामा १६ करोड बजेट थप
तीस किलोको खुकुरी !
पोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर

आजको मौसम : तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
वन नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो

कृषि ऐन ल्याउने सरकारको तयारी

प्रतिक्रिया