माल्दिभ्सको राष्ट्रपति निर्वाचनमा मोहोमद मुइजु निर्वाचित

माल्दिभ्सको राष्ट्रपति निर्वाचनमा मोहोमद मुइजु निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा वर्तमान राष्ट्रपति इब्राहिम मोहमद सोलिहलाई हराउँदै मुइजी नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन । गत सेप्टेम्बरमा भएको पहिलो चरणको निर्वाचनमा ४६ प्रतिशत मात्रै मत खसेपछि राष्ट्रपति पदका लागि चाहिने मत कुनै उम्मेदवारले हासिल गर्न नसकेपछी दोश्रो चरणको निर्वाचन भएको हो । दोस्रो चरणमा २ लाख ८२ हजार मतादाता रहेको माल्दिभ्समा ७८ प्रतिशत मत खसेको थियो । चुनाव जितेपटि मुइजीले छिमेकी मुलुकहरुसँग साझेदारी निती अबलम्बन गरी देशको अर्थतन्त्र पुनरुत्थानमा लाग्ने बताएका छन । मुइजु चिनसँग निकट मानिन्छन । उनले हिन्द महासागरको टापु मुलुक माल्दिभ्सलाई पनि चिनतर्फ ढल्काउने अनुमान गरिएको छ । यसअघिका राष्ट्रपति मोलिह भने भारतसँग निकट थिए ।
 

प्रतिक्रिया