यू–१९ महिला विश्वकप : दोस्रो खेलमा पनि स्कटल्यान्डसँग पराजित नेपाल

काठमाडौं । आइसिसी यू–१९ टी२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा स्कटल्यान्डसँग नेपाल १ विकेटले पराजित भएको हो । पराजितसँगै नेपालको  ‘सुपर–६’ पुग्ने सम्भावना कमजोर बनेको छ ।

जितका लागि नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा अलआउट हुँदै ७३ रन बनाएको थियो । यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया